प्रिया सिं,
दाङ २९ फागुन । पप तथा आधुनिकका चर्चित गायक सौगात सायरको नयाँ गीत ‘तिर्खा मेट्यो मुलको पानीले’ सार्वजनिक भएको छ ।
डान्सिङ भर्जनको उक्त गीतमा गायक सौगातको स्वर, लय र संगीत रहेको छ । प्राय भावुक गीत गाउने गायक सौगात सायर को यो भने झुमेर नाच्ने डान्सिङ गीत रहेको छ । यो गित हालै युटुवमा सार्वजनिक गरिएको छ । युटुब मार्फत सार्वजनिक भएको उक्त गीतबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको उनले बताए । उक्त रोमान्टिक गीतको म्युजिक भिडियोमा अभिषेक आले मगर र स्नेहा थापाको मुख्य भुमिका रहेको छ ।
नजलाउ व्यर्थै छाती, तिमी फुल्यौ कतै म फुले कतै, इतिहास को कुनै एक पाना मा, प्रियसि लगाएत चर्चित तथा सफल गीत गाएका गायक सौगात सायर युवा पुस्ताका चर्चित गायक हुन । पछिल्लो समयमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त रहेका उनको नयाँ गीतले पनि धेरै मन जित्ने विश्वास व्यक्त गरे ।
निरन्तर सागीतिक यात्रा लाई अघि बढाएका सौगात सायर गायन सँगै लय र संगीत म पनि दखल राख्दछन ।
भिडियो :