बाँके,
२९ फागुन । बाँकेको कोहलपुरमा बससँग ठोक्किँदा अटो रिक्सा चालकको मृत्यु भएको छ । कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि बिहीबार बिहान भएको सो दुर्घटनामा नौ जना घाइते भएका छन् ।
दुर्घटनामा वैजनाथ–२ का अटो रिक्सा चालक जयबहादुर रोकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
भे १ ख २१२९ नम्बरको बस र भे १ ह १६५३ नम्बरको अटो रिक्सा बिहान करिब आठ बजे ठोक्किएका थिए । बस चालक कोहलपुर नगरपालिका–११ का विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।