तिर्थराज ज्ञवाली,
दाङ २९ फागुन । नेपाललाई सन् २०२३ सम्ममा पोलियो, दादुरा तथा रुबेला रोग निवारण गर्ने उद्देश्यका साथ बिहीबारदेखि दादुरा, पोलियो तथा रुबेला खोप लगाउने अभियान सुरु गरिएको छ । जस अन्तरगत दाङको राप्ती गाउँपालिका क्षेत्रका बालबालिकालाई पनि गाउँपालिका स्वास्थ्य शाखाको अगुवाईमा खोप लगाउने अभियान सुरु भएको छ ।
राप्ती क्षेत्रका २४ खोप केन्द्रबाट खोप सेवा दिइने राप्ती गाउँपालिकाका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीले जानकारी दिनुभयो । उहाँले कुनैपनि ५ वर्ष मुनिका बालबालिका खोपबाट बन्चित नहुने गरि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
संयोजक चौधरीले वडा नं ३ र ७ का खोप केन्द्रबाट खोप अभियानको सुभारम्भ गर्दै ९ महिना देखी ५ वर्ष मुनीका सबै वालवालिकालाई दादुरा तथा रुबेला खोप लगाउन र जन्मे देखीका ५ वर्ष सम्मको सबै बालबालिकालाई पोलियो थोपा खुवाउन अभिभावकलाई अनुरोध गर्नुभयो ।
राप्ती गाउँपालिका क्षेत्रका करिव ५ हजार १ सय बढी ५ वर्ष सम्मका बालबालिकाहरुलाई स्वयसेविका तथा स्वास्थ्य कर्मीद्धारा खोप लगाउने अभियान अघि बढाईरहेको स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनुभयो।
फागुन २९ गते सुरु भई चैत्र ७ गते सम्म खोप कार्यक्रम सञ्चालन हुने छ ।