२०८२ जेष्ठ ३१ गते शनिवार
२०८२ जेष्ठ ३१ गते शनिवार

काँग्रेस नेता शंकर गिरी प्रदेश ५ का नयाँ सांसद

दाङ
२९ फागुन ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेश सभामा रिक्त समानुपातिक तर्फको प्रदेश सदस्यका लागि शंकर गिरीको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट प्रदेश ५ को प्रदेश सदस्य (सांसद)का लागि शंकर गिरीको नाम सिफारिस भएको हो । प्रदेश सदस्यमा सिफारिस भएका गिरी दाङ कांग्रेसका नेता हुन् ।

प्रदेश ५ का प्रदेश सभा सदस्य बलदेव शर्मा पोखरेलको निधन भएपछि एउटा सदस्य पद रिक्त थियो । सो रिक्त स्थानमा कांग्रेसले गिरीलाई सिफारिस गरेको छ । कांग्रेस नेता गिरी समानुपातिकको सूचिमा थिए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेश सभाको समानुपातिकतर्फ रिक्त सदस्यमा शंकर गिरीको नाम सिफारिस भएर आएको बताए ।

निर्वाचन आयोगले गिरीलाई प्रदेश सभा सदस्य बनाउने निर्णय गरेपछि राजपत्रमा प्रकाशित गरिनुपर्छ । राजपत्रमा प्रकाशित गरेपछि मात्रै आयोगले प्रदेश ५ को प्रदेश सभालाई गिरीलाई शपथका लागि पत्र पठाउनेछ । यो प्रक्रिया पूरा हुन कम्तिमा एक हप्ता लाग्नेछ ।