लमही,
२९ फागुन । ‘स्वास्थ्य मृगौला सबैको लागि सबै ठाउँमा’ भन्ने मुल नारा सहित लमही सामुदायिक डायलाइसिस सेन्टरले विश्व मृगौला दिवसको अवशरमा जन चेतना ¥याली गरेको छ ।
बिभिन्न स्कुलबाट उपस्थित भएका बिद्यार्थीहरुले नियमित ब्यायाम गरौं । खानपिनमा नुनको मात्रा कम गरौ । रोगको पहिचान, हाम्रो अभियान जस्ता प्ले कार्ड बोकेका थिए । कार्यक्रमा सहभागिलाई स्वास्थ्यको महत्व बुझ्न अनुरोध गरे ।
रोटरी क्लव अफ लमही र सामुदायिक डायलाइसिस सेन्टरले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन । रोटरी क्लव अफ लमहीका अध्यक्ष रबिलाल आचार्यको अध्यक्षता एवम लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सचीव केशब घिमिरेले गरेका थिए ।