२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

लमजुङमा ढुंगाले लाग्दा तुलसीपुरका इञ्जिनियरको मृत्यु

दाङ,
२९ फागुन ।
दाङ तुलसीपुर निवासी एक युवाको लमजुङ जिल्लामा ढुंगाले लागेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजार निवासी इञ्जिनियर निरञ्जन बस्यालको लमजुङस्थित सुपर दोर्जे हाईड्रो पावरको सुरुङ निर्माणका लागि खटिएको समयमा माथिवाट झरेको ढुंगाले लागेर बुधवार राति निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

पोष्ट मार्टम गर्न लमजुङको बेंसीशहर स्थित सामुदायिक अस्पतालमा विहीवार दिउँसो लगिएको र राति नै तुलसीपुर ल्याइने लमजुङ पुगेका पत्रकार संगित बस्यालले जानकारी दिएका छन् ।