२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

रोनाल्डो कोरोनाको आशंकामा ‘क्वारेन्टाइन’मा

एजेन्सी, २९ फागुन । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ‘नोबेल कोरोनाभाइरस’कोे आशंकामा ‘क्वारेन्टाइन’मा राखिएको छ ।

युभेन्टसकै अर्का खेलाडी डानिएले रुगानीलाई कोरोना भाइरस९कोभिड–१९० को पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको हो । रुगानीसँगको सम्पर्कमा रहेको भन्दै रोनाल्डोलाई आइसोलेसनमा राखिएको हो । त्यस्तै रोनाल्डोसँगै अर्का युभेन्टसका खेलाडी गोर्डन राम्सेलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

इटालीमा कोरोना संक्रमण विकराल बनेपछि अहिले सिरी ‘ए’लगायतका सम्पूर्ण खेलहरु स्थगित छन् । कोरोनाका कारण इटालीमा बिहीबार दिउँसोसम्म ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार ४ सय ६१ जनामा संक्रमण देखिएको छ।