२०७८ असोज ३१ गते आइतवार
२०७८ असोज ३१ गते आइतवार

माटो खन्दै गर्दा ढुंगाले लागेर युवतीको मृत्यु

अर्घाखाँची,
३० फागुन ।
माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर सन्धिखर्क नगरपालिका–११ चौताराकी २३ वर्षीया आरती बिकको मृत्यु भएको छ।

माटो खन्दै जाँदा ढिस्को भत्किएर माथि आडैमा रहेको ढुुंगा खसेर टाउकोमा लागेर बिकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाउको छ।

उनी बिहीबार साँझ घर पोत्ने माटो खन्न घर नजिकैको जंगलमा गएकी थिइन्। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ।