२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

तोलामा एकैदिन तीन हजारले घट्यो सुनको भाउ

काठमाडौं,
३० फागुन ।
सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन यसै हप्ता मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी पनि आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।