२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

प्रतिष्ठानमा बैशाखदेखि आइसियु र सिटीस्क्यान सेवा सुरु

घोराही,
३० फागुन ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले नयाँ वर्ष २०७७ देखि आइसियू र सिटीस्क्यान सेवा सुरु गर्ने भएको छ । बैशाख महिना भित्रै ती सेवा सुरु गर्ने गरि तयारी गरिएको प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगिता भण्डारीले जानकारी दिइन ।

स्वास्थ्य संस्थासंग सरोकार राख्ने अमेरिकन–नेपाल मेडिकल फाउण्डेसनको सहयोगमा बैशाखभित्रै आइसियु सञ्चालनमा ल्याइने गरि तयारी भइरहेको उपकुलपति भण्डारीले बताइन ।यसअघि प्रतिष्ठानमा आइसियूका लागि आएको बजेट फिर्ता भएको थियो । त्यो रकम सत्तासिन दलका केही स्वार्थी नेताका कारण फिर्ता भएको जानकारहरु बताउँछन् । त्यसैले प्रतिष्ठानमा आइसियू सेवा सञ्चालन हुन सकेको थिएन ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगिता भण्डारी

प्रतिष्ठानकी उपकुलपति भण्डारीको पहलमा आइसियूको सेवा विस्तार गर्ने तयारी गरिएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।आइसियूको अभावमा प्रतिष्ठानमा विशेष प्रकारका अप्रेसनहरु हुन सकेको थिएन । त्यो सेवा सुरु भएपछि सबैखाले जटिल अप्रेसनपनि सुरु हुने अपेक्षा गरिएको छ ।

यो बीचमा सिटीस्क्यान मेसिनपनि खरिद गरेर ल्याउने तयारी गरिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । त्यो मेसिन खरिदगर्न टेण्डरसहितको प्रक्रिया सुरु भइसकेको उपकुलपति भण्डारीले बताइन । ९ करोडमा मेसिन खरिदको प्रक्रिया सुरु भएको उनले जनकारी दिइन ।