२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

माईक्रोबसले मोटरसाईकललाई ठक्कर दिँदा केसीको मृत्यु

तुलसीपुर,
३० फागुन ।
दाङमा सवारी दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ ।

शुक्रवार विहान राप्ती गाउँपालिका १ पाखापानी पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको रा १ ख ६०० नम्बरको माईक्रोबसले पूर्व तर्फ नै गइरहेको रा ३ प ९००५ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राईखलियान निवासी २७ बर्षीय अजुर्न केसीको मृत्यु भएको छ ।

केसी मोटरसाईकलको पछाडि सावर थिए । गम्भीर घाइते केसीलाई उपचारको लागि बुटवल लगिएकोमा शुक्रवार विहान साढे चारबजेतिर मृत्यु भएको दाङका जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् । उक्त दुर्घटनामा परी मोटरसाईकल चालक दंगिशरण गाउँपालिका वडा नं. ५ का २७ बर्षीय पवन चौधरी घाइते भएका छन् । बुटवलमा उपचारत चौधरीको अवस्था खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।