२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

तुलसीपुर उपमहानगरका दुई स्थानमा हेल्थ डेस्क स्थापना

तुलसीपुर,
३० फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन महाशाखाले कोरोनाको सतर्कता अपनाएको छ ।

उपमहानगरपालिकाले तुलसीपुर १३ फुलवारीको दमारगाउ र तुलसीपुर १२ एयेरपोर्टमा शुक्रबार हेल्थ डेस्क स्थापना गरेको छ ।

नेपालगंज हुँदै भारतबाट दाङ आउने भएकाले तुलसीपुर १३ फुलवारीमा हेल्थ डेस्क स्थापना गरिएको हो । त्यस्तै विमानस्थलबाट पनि कोरोना संक्रमित भित्रिन सक्ने भन्दै एयरपोर्टमा हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।