२०७७ मङ्सिर १८ गते बिहिवार
२०७७ मङ्सिर १८ गते बिहिवार

करेन्ट लागेर नेपालगञ्जमा एक विद्यार्थीको मृत्यु

बाँके,
३० फागुन ।
नेपालगञ्जमा एउटा विद्यालयको परिसरभित्र करेन्ट लागेर शुक्रबार एक विद्यार्थीको ज्यान गएको छ ।

नेपालगञ्जमा रहेको ब्रिटिश इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने १४ वर्षीय भरत कँडेलको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

विद्यालयमा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि राखिएको बिदाई कार्यक्रमको तयारी भइरहदा कँडेलको ज्यान गएको हो । शुक्रबार नेपालगञ्जमा पानी परिरहेको र तयारीका क्रममा कँडेल चिप्लिएका कारण नजिकैको रहेको फलामको पाइप समात्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।