२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

तुलसीपुर ११ मा कोरोना भाइरस सम्बन्धि सचेतना

तुलसीपुर,
१ चैत।
तुलसीपुर उपमहानगरपालिका ११ मा कोरोना भाइरस सम्बन्धी सचेतना अभियान शुरु भएको छ । स्वास्थ्य चौकीको आयोजना तथा तुलसीपुर ११ नम्बर वडा कार्यालय र प्रहरी चौकी जसपुरको सहकार्यमा नोभल कोरोना सम्बन्धी जनचेतना मुलक सामाग्री प्रस्तुत गरिएको तुलसीपुर ११ का वडा सदस्य सुबास डाँगीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख चित्र बहादुर वली, स्वास्थ्य चौकिका एचए यज्ञ बहादुर केसी, शेर बहादुर बिसी, ल्याब असिस्टेन्ट बिष्णु भण्डारी लगायतले कोरोना भाइरसको ईतिहास, यसका लक्ष्यण तथा बच्ने उपायका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा तुलसीपुर ११ का वडा सदस्य सुबास डाँगी, स्वास्थ्य चौकिका उपाध्यक्ष तथा समाजसेबी तिलक बहादुर बस्नेत, प्रहरी चौकी जसपुरका प्रमुख नेत्र बहादुर नेपाली, अमर माबिका प्रअ पदम प्रसाद न्यौपाने लगायतले कोरोना भाइरसबाट बच्नका लागि पुर्ण रुपमा पुर्ब तयारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकिका एचए खड्ग बिबस बस्नेतले गर्नुभएको थियो । यसैबिच कोरोना भाइरसबाट बच्नका लागि सचेतना तथा आबश्यक सहयोगका लागि रेपिड रेस्पोन्स टिम गठन गरिएको छ । स्वास्थ्य चौकी प्रमुख चित्र बहादुर वलीको संयोजकत्वमा गठित उक्त टिमको सदस्यमा वडा कार्यालयकी सचिब लक्ष्मी राना, प्रहरी चौकी जसपुरका प्रमुख नेत्र बहादुर नेपाली, न्यून शान्ति बोर्डिङ स्कुल कटाहाका शिक्षक अर्जुन आचार्य र महिला स्वास्थ्य स्वयंसेविका निमा बस्नेत रहनुभएको छ ।

बैठकले तुलसीपुर ११ नम्बर वडाका विभिन्न चोकमा कोरोना भाइरस बारे सचेतना ब्यानर राख्ने निर्णय पनि गरेको स्वास्थ्य चौकी प्रमुख चित्र बहादुर वलीले जानकारी दिनुभयो ।