२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेपालगञ्‍जमा तीनवटा कोरोना परामर्श केन्द्र स्थापना

बाँके,
१ चैत ।
नेपालगन्ज उपमहानगरपालिकाले कार्यालयमै कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्र संचालनमा ल्याएको छ। भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा कोरोना भाइरसका बिरामी फेला परेपछि उपमहानगरपालिकाले कार्यालयमा आउने सेवाग्राहीका लागि कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्र संचालनमा ल्याएको कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए। यो सँगै नेपालगन्ज उपमहानगरपालिका भित्र तीन स्थानमा कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्र संचालन भएको छ।

उपमहानगरले यसअघि नेपालगन्ज विमानस्थल र नेपाल–भारत सीमानाका जमुनहामा कोरोनो भाइरस निगरानी तथा परामर्श केन्द्र संचालनमा ल्याइसकेको छ। सेवाका लागि कार्यालयमा आउने सेवाग्राहीलाई लक्षित गरि निगरानी तथा परामर्श केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए। कोरोना भाइरसबाट सजग रहँदै उपमहानगरले कार्यालयमा आउने सेवाग्राहीको पनि जाँचपड्ताल शुरू गरेको चन्दको भनाई छ। नेपालगन्ज नाका भएर दैनिक ठूलो संख्यामा मानिस ओहोरदोहोर गर्ने भएकोले सम्भावित खतरालाई मध्यनजर जमुनहा र उपमहानगरको कार्यालयमा निगरानी तथा परामर्श केन्द्र संचालनमा ल्याइएको छ,’ उनले भने। निगरानी तथा परामर्श केन्द्रमा फेला परेका शंकास्पद व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि भेरी अस्पताल पठाउने ब्यवस्था मिलाइएको उनले बताए।

उनका अनुसार, स्वास्थ्यकर्मीले भारतबाट आउने र हवाई मार्गमार्फत नेपालगन्ज आएकाको शरिरको तापक्रम मापन गर्ने र कडाखालको ज्वरो आएका बिरामीलाई थप परिक्षणका लागि अस्पताल पठाउने गरिएको छ।