शरद रेग्मी,
पोखरा १ चैत्र । उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा चुनावी मैदानमा होमिएका निजि क्षेत्रका ब्यबसायी नेताहरु प्रचार प्रसारका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पुगेको छ । सम्बृद्धको आधार सरकार निजिक्षेत्र साझेदार भन्ने मुख्य नारासहित जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार गुणनिधी तिवारीको नेतृत्वमा ब्यबसायीहरुको टिम सो क्षेत्रमा पुगेको हो।
चुनाबि प्रचार प्रसार र ब्यबसायी भेटघाटका लागि पोखरा, पर्बत, बाग्लुङ हुँदै म्याग्दि पुगेको छ । जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार तिवारीको नेतृत्वमा पुर्बाञ्चल र सुदुर पश्चिमका जिल्लाहरुको भ्रमण पछि टोली गण्डकी प्रदेसतर्फ लागेको जनाएको छ । टोलिमा गण्डकी प्रदेशका अध्यक्ष सचिव, केन्द्रिय सदस्य पदका उम्मेदवार तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष बिमल रिजाल, रोल्पा उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष एब केन्द्रिय सदस्य किशोर आचार्य, कोहोलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी लगाएतको सहभागिता रहेको छ ।
कार्यक्रममा पछिल्लो समय ब्यबसायीहरु माझ देखिएको समस्याका बारेमा पनि छलफल गरेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाकार शरद रेग्मीले जनाए । शनिबार बिहान पोखरामा भएको अन्तर्कृिया एंव छलफल कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले आफुहरु बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद ढकाल र जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार तिवारीको जुझारु टिम र काम गर्ने शैलिबाट निकै प्रभाबित रहेको बताए । उनले ढकालको टिमलाई सहयोग गर्न सबैलाई अपिल गरे ।
उता शनिवार नै पर्बत, बाग्लुङ र म्याग्दीमा भएको छुट्टाछुट्टै कार्यक्रममा पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष केदार नाथ शर्मा, बाग्लुङ उद्योग बाणिज्य संघका अध्यक्ष युगराज राजभण्डारी, म्याग्दि उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ लगाएतकाले बरिष्ठ उपाध्यक्षमा ढकाल, जिल्ला नगर उपाध्यक्षमा तिवारीको टिमलाई जिताउन अपिल गरेका थिए ।
पूर्ब अध्यक्ष चण्डिराज ढकाल र जिल्ला नगरका दुई दर्जन अध्यक्ष सहित पूर्बी जिल्लाका बिभिन्न जिल्लाहरुमा चुनावी अभियानमा होमिएको छ । चैत्र अन्तिम साता काठमाण्डौंमा नेपाल उद्योग बाणिज्य महासंघको २८ र २९ गते हुने साधारणसभा र अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने हुँदा देशभर ब्यबसायीहरु बिच चुनावी सरगर्मी बढेको छ ।