२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेपालमा डेंगु : प्रदेश ५ मा १४ जनामा संक्रमण

काठमाण्डौं,
१ चैत्र ।
नेपालमा डेंगु रोगको लक्षण देखा परेको छ । पुसको दोस्रो हप्तादेखि शुक्रबारसम्ममा ३६ जना डेंगुका बिरामी फेला परेको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेङ्गीको सङ्क्रमण देखा परेको महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ मा ६ जना डेंगुको बिरामी फेला परेका हुन् ।

यस्तै वाग्मती प्रदेशमा ९ जनामा डेंगुको लक्षण भेटिएको छ । गण्डकी प्रदेशमा ५ जना र प्रदेश ५ मा नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ गरी १४ जना डेंगुकाका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेशमा २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै नेपालमा डेङ्गीका बिरामी भेटिएको महाशाखाले जनाएको छ ।