सल्यान,
१ चैत्र । सल्यानको शारदा नदिमा डुबेर एक जनाको ज्यान गएको छ। जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर २ बस्ने ४२ बर्षिय बिष्णु नेपालीको नदिमा डुबेर ज्यान गएको हो।
आज शनिबार शारदा नदीमा डुबेको अवस्थामा नेपाली मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । नेपालीले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरी निरिक्षक उमाकान्त जोसीले जानकारी दिएका छन।
उनका अनुसार शुक्रबार साँझ घरबाट निस्केका नेपाली घरबाट एक सय मिटरको दुरीमा रहेको शारदा नदीमा मा डुबेको अवस्थामा मृत फेला परेका हुन। । मृतकको शव परीक्षणका लागि आइतबार पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।