२०७७ मङ्सिर १८ गते बिहिवार
२०७७ मङ्सिर १८ गते बिहिवार

चट्याङ लागेर बालिकाको मृत्यु

बैतडी,
१ चैत ।
बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका वडा नं २ टाँडीखर्कका चन्द्रसिहँ मडैकी १२ बर्षीया छोरी निर्मला मडैको चट्याङ लागेर घटना स्थलमै मृत्युभएको हो ।

जिल्ला प्रहरी कर्यालय बैतडीका प्रहरी नायव निरीक्षक सुरत बहादुर चन्दले निर्मलाको मृत्यु भएको जानकारी दिनुभयो । आज दिउँसो ४ बजेतिर गाईगोरु चराएर घर फर्कदै गरेको अवस्थामा निर्मलालाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।