२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

हिमेश पन्तले जिते ‘कमेडी च्याम्पियन’को उपाधि

काठमाडौ, १ चैत । कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, पन्तले बाजी मारे ।

विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । धादिङका विजेता पन्तलाई मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य मह जोडीले पुरस्कार प्रदान गरे ।