२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

फुटबल प्रतियोगीतामा बजार प्रतिनिधिको टिम विजयी

दाङ,
२ चैत ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको ५०औं स्थापना दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगीतामा वजार प्रतिनिधि विजयी भएको छ । शनिवार भएको फाइनल खेलमा वजार प्रतिनिधि र फेन्सी व्यवसायिहरु विच भएको प्रतियोगीतामा वजार प्रतिनिधि १ का विरुद्ध ४ गोलले विजयी भएको फुटवल प्रतियोगीता उपसमितीका संयोजक मिनराज भाटले जानकारी दिए ।

त्यसै गरेर दाङ जिल्ला उद्योग वाणिज्य संघ र बैकर्स क्लव घोराही विच भएको मैत्रिपुर्ण प्रतियोगीतामा दाङ जिल्ला उद्योग वाणिज्य संघको टिम १ का विरुद्ध ४ गोलले विजयी भएको थियो । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ(भारी) को प्रमुख आतिथ्यतामा भएको थियो । संघका सदस्य रामप्रसाद पोख्रेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सदस्य तथा फुटवल प्रतियोगीता उपसमितीका संयोजक मिनराज भाटले गरेका थिए ।

संघले स्थापना दिवसको अवसरमा हाजिरी जवाफ, बक्तृत्वकला, व्याडमिटन प्रतियोगीता, फुटवल प्रतियोगी, स्लो बाइक, स्लो स्कुटी लगाएतका प्रतियोगीता आयोजना गरेको थियो ।