२०७८ भाद्र १६ गते बुधवार
२०७८ भाद्र १६ गते बुधवार

गढवामा सडकको क्षेत्राधिकारभित्रका संरचना हटाउन सुरु

गढवा,
२ चैत ।
लमही–कोइलाबास सडकखण्ड अन्तर्गत गढवा बजार क्षेत्रभित्र सडकको क्षेत्राधिकार भित्र रहेका भौतिक संरचना वा घर टहराहरु आज देखि हटाउन सुरु गरिएको छ । शुक्रवार गाउँपालिकाले माइकिङ गरेर सडकको क्षेत्राधिकार भित्र रहेका भौतिक संरचना वा घर टहराहरु हटाउन सबैमा आग्रह गरेको थियो ।

पटक पटक सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना हटाउन अनुरोध गर्दापनि धेरैले अनुरोधलाई स्विकार गरी भत्काएको र केहि ब्यापारीहरुले आनाकानी गर्दै लमहीको उदाहरण देखाउँदै अटेरी गरेका कारण गाउँपालिकाले आज बिहान ८ बजेदेखि डोजर लगाएर हटाउ सुरु गरेको हो ।

संरचना भत्काउने क्रममा हुनसक्ने संभावित समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक डिभिजन कार्यालय र सुरक्षा निकायलाई गाउँपालिकाले सहयोगका लागि अनुरोध समेत गरेको छ ।