२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

दाङका २ जना र रोल्पाका १ जना चरेससहित पक्राउ

कपिलवस्तु,
२ चैत ।
लागुऔषध चरेससहित प्रहरीले ३ जनालाई कपिलवस्तुको शिवराजनगरपालिका ५ रहटकोलबाट पक्राउ गरेको छ।

यसरी पक्राउ पर्नेहरुमा दाङ जिल्ला हाँसिपुर गाउँपालिका २ का ३१ वर्षीय रमतुलमिया, दाङ्गजिल्ला राप्ती गाउँपालिका १ लम्तिया बस्ने ४१ वर्षीय जितमानमिया र रोल्पा जिल्ला सुनछहारी गाउँपालिका २ बस्ने ४१ वर्षीय जपीबुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकाको साथबाट १८ किलो ५ सय ग्राम चरस बरामद गरेको प्रहरी नायब उपरीक्षक सुनिलमल्लले बताए । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।