२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

दाङमा कुलोमा डुबेर चौधरीको मृत्यु

देउखुरी,
२ चैत्र ।
दाङमा कुलोमा डुवेर एक युवकको मृत्यु भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका ३६ वर्षिय भिमबहादुर चौधरीको घर नजिक रहेको मजगाउँ कुलोमा डुवेर मृत्यु भएको प्रहरी चौकी सिसहनियाँका प्रमुख प्रहरी नायक निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् ।

शनिवार मध्यान्न १२ बजेको समयमा घरमा दाउरा चिरेर नुहान जान्छु भनि हिडेका चौधरी घर नफर्के पछि स्थानीयले खोजी गर्ने क्रममा आइतवार विहान ११ बजे मजगाउँ कुलोमा हिलोपानीमा डुवेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृतक चौधरी छारे(मृगी) रोगी समेत भएको पारिवारीक स्रोतले बताएको छ ।

मृतकलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।