२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्रतिष्ठानको अतिक्रमण भौतिक संरचना हटाउन सुरु

घोराही,
२ चैत ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमण गरी निर्मित संरचना हटाउन आज आइतवार स्थानिय प्रहरी प्रशासनले डोजर चलाएको छ । चिकित्सकको आबासिय क्षेत्र भित्रै अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन प्रशासनले डोजर चलाएको हो । जहाँ एक घरपरिवार लामो समयदेखि टहरा निर्माण गरि बस्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डे, वडा प्रहरी कार्यालयका प्रमुख दिनेश रिमाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाश देब, हस्पिटल टोल बिकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यसहितको टोलिले अतिक्रमण गरी निर्मित संरचना हटाएको हो ।