२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

प्रदेश ५ का दाङसहित तीन स्थानमा क्वारेण्टाइन

दाङ,
३ चैत्र ।
प्रदेश नम्बर ५ का तीन जिल्लामा क्वारेण्टाइन राखिने भएको छ । बुटवलको बुटवल धागो कारखाना, दाङको बेलझुण्डीमा रहेको आर्यूवेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास निगमको भवनलाई क्वारेण्टाइनको रुपमा तयार गरिने भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ती स्थानमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि क्वारेण्टाइन क्षेत्र बनाउन थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ४ सयदेखि ५ सय जनालाई राख्न सकिने छ । प्रदेश ५ का सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ। सम्बन्धित अस्पतालमा कोरोना भाइरसको उपचार गर्न र त्यस सम्बन्धी प्रवन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन् ।

प्रदेश ५ का ३ जना प्राविधिकलाई विशेष तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याइएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताउनु भयो । प्रदेश ५ मा १३ वटा सरकारी अस्पताल र चार वटा मेडिकल कलेज रहेका छन् । प्रदेश नम्बर ५ मा भारतसँग सीमा जोडिएका नाकाहरुमार्फत आवतजावत गर्नेहरुलाई हेल्थ डेस्कमा राखेर परीक्षण गर्न सुरु गरिएको छ ।