२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

खुकुरी प्रहारबाट तुलसीपुरका डाँगी गम्भीर घाईते

तुलसीपुर,
३ चैत ।
दाङमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाईते भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नंं ६ रजौराका अनुप बस्नेतको समुहले आईतबार राति तुलसीपुर ५ रतननाथ टोल निवासी २३ वर्षीय हिरा डाँगी माथि खुकुरी प्रहार गर्दा उनी घाईते भएका हुन ।

खुकुरी प्रहारबाट उनको दुबै खुट्टाको तिग्रामा गहिरो चोट रहेको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले बताए । डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको उनले बताए ।