तुलसीपुर,
३ चैत । दाङमा बसले च्याप्दा एक महिलाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ को भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना ४ ख ५४६३ नम्बरको यात्रुबहाक बसले च्याप्दा तुलसीपुर १४ भोजपुर निवासी ५५ बर्षीय शुसिला ओलीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर १५ मंलवारमा भएको उक्त दुर्घटनामा गम्भीर घाईते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । वली बसमा सवार थिईन् ।
बस नरोकिदै झर्दा उनलाई बसले च्यापेको प्रहरी निरीक्षक चक्रडमर पालले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।