२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

रगैंजामा २ महिने कटाई सिलाई तालिम सुरू

रगैंजा,
३ चैत्र ।
शान्तिनगर गाउँपालिका वडा नं ५ रगैंजामा २ महिने कटाई सिलाई तालिम आजबाट सुरू भएको छ । राज सटिङ सुटिङ टेलरिङ शान्तिनगर ५ रगैंजाको आयोजना तथा ५ नं वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको २ महिने कटाई सिलाई तालिमको एक कार्यक्रमका विच वडा अध्यक्ष गिरीराज बस्नेतले सिलाई मेसिन चलाएर उदघाटन गर्नुभएको हो ।

राज सटिङ सुटिङ टेलरिङका राजेन्द्र परियारको अध्यक्षता भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष बस्नेतले पिछडिएका महिलाहरूलाई सिपमुलक जागरूप गराउन वडा कार्यालय अग्रसर भएको बताउनु भयो । नमुना वडाको रूपमा विकास गर्न आफु लागि परेको बताउँदै वडाध्यक्ष बस्नेतले महिलाको क्षमता अभिबृद्धि गर्न विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति समेत रहेका वडा अध्यक्ष बस्नेतले हरेक बर्ष सिपमुलक तालिम सञ्चालन गर्दै आएको बताउदै आगमी दिमान समय र माग अनुसार थप कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नभयो ।

साथै विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न यहीँ कटाई सिलाईबाट ५ नं वडाका जनतालाई ३२ सय मास्क उत्पादन गरेर निशुल्क वितरण गरिने जानकारी दिनुभयो । कार्यक्रमका विशिष्ठ अथिति वडा सचिव रोमहर्ष केसी सिलाई कटाई महिलाहरू आफ्नो खुट्टामा उभिने एउटा गतिलो माध्यम भएकाले सिपलाई अनुशासित भएर सिक्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य मैमी विक, सिलाई तथा कपडा व्यवसायी संघ शान्तिनगरका उपाध्यक्ष जानकी नेपाली, प्रमुख प्रशिक्षक शोभा परियार लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । वडा सदस्य दयाराम चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रम सहजिकरण पत्रकार प्रेम पुनले गर्नुभएको थियो ।