तुलसीपुर,
३ चैत । गएराति तुलसीपुरमा खुकुरी प्रहार भएका युवकको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंं ६ का केहि व्यक्तिहरुको समुहले आईतबार राति तुलसीपुर ५ रतननाथ टोल निवासी २३ वर्षीय हिरा डाँगी माथि खुकुरी प्रहार गर्दा उनी घाईते भएका थिए।
डाँगीको आज दिउँसो थप उपचारका कोहलपुरबाट काठमाडौं लैजादै उनको निधन भएको हो । खुकुरी प्रहारबाट उनको दुबै खुट्टाको तिग्रामा गहिरो चोट लागेको थियो । डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो।