२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्यमा गिरी नियुक्त

बुटवल,
३ चैत ।
प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्य पदमा शंकर गिरी चयन भएका छन् । नेपाली कांग्रेसको सिफारिसमा गिरी प्रदेशसभा सदस्य नियुक्त भएका हुन् ।

निर्वाचन आयोगको बैठकले गिरीलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ । विपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो । गिरीलाई सोही रिक्त पदमा नियुक्त भएा हुन् । निर्वाचन आयोगले गिरीलाई आइतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई जानकारी गराएपछि प्रदेश प्रमुख कार्यालयले प्रदेश सभालाई जानकारी दिने र सभामुखबाट सपथग्रहण लिएपछि गिरीले प्रदेशसभामा प्रवेश पाउनेछन् ।