२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

आमा बुबाको हत्यामा संलग्न छोरा भरत पक्राउ

महेन्द्रनगर,
३ चैत ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा भएको भण्डारी दम्पत्ति हत्या प्रकरणमा संलग्न छोरालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनीक गरेको छ ।

गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न २६ बर्षीय छोरा भरत भण्डारीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको हो । भण्डारीले बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

डडेल्धुराबाट १३ गते मोटरसाईकलको ट्रायल दिन महेन्द्रनगर पुगेका भण्डारीले डडेल्धुरा स्थित घर फर्किनका लागि हिँडेका थिए । तर कैलालीको गोदावरी पुगेर उनी मादक पर्दाथ सेवन गरी कलुवापुर फर्किएका थिए । सोही राती कान्छी आमासंग विवाद भएपछि हत्या भएको प्रहरीले जनाएको छ । कान्छी आमाको भान्साकोठामा र बुबाको सुतेको अवस्थामा हत्या गरेर राती नै डडेल्धुरा फर्केको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मध्य रातमा हत्या गरी फर्केका भण्डारीले रगताम्य लुगा र हत्यामा प्रयोग भएको हतियार भासुभीरमा फोलेको प्रारम्भीक बयान दिएको प्रहरीले जनाएको छ ।