२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

विप्लव समुह परित्यागपछि ईश्वरी पाण्डे जेलमुक्त

तुलसीपुर,
३ चैत ।
चन्दा आतंक आरोपमा पक्राउ परेका प्रतिबन्धित विप्लव समूह दाङका नेता ईश्वरी पाण्डे जेल मुक्त भएका छन् ।प्रतिबन्धित विप्लव समुह परित्याग गरेपछि उक्त समुहका नेता पाण्डे जेल मुक्त भएका हुन् ।

विप्लव समुहमा रहेर चन्दा आतंक मच्चाएको भन्दै केही महिना पहिले प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियोे । विप्लव समुहका पश्चिम दाङ सेक्रेटरी भनिएका उनलाई यसअघि जिल्ला प्रशासन कार्यालय दाङले पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनले विप्लव समुह परित्याग गरी संविधानले ब्रजित गरेका कुनै क्रियाकलाप नगर्ने भन्दै केही दिन पहिले विज्ञप्ति जारी गरेका थिए ।