२०७८ भाद्र २१ गते सोमवार
२०७८ भाद्र २१ गते सोमवार

प्युठानमा टिप्पर दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

दाङ,
३ चैत्र ।
प्युठानमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ८ लुप्लुङमा टिप्पर दुर्घटना हुँदा २० बर्षीय पारस नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले प्युठानले जानकारी दिएको छ।

रा १ ख १८२१ नम्बरको ट्रिपर दुर्घटना हुँदा गम्भिर घाइते भएका नेपालीको उपचारका लागि बुटवल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा चालक २८ बर्षीय अर्जुन नेपाली र सहचालक १९ वर्षीय कृष्ण नेपाली रहेको जनाइएको छ ।

सहचालक कृष्ण नेपालीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।