काठमाडौं,
३ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ। जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र मट्टितेलमा २ रुपैयाँ घटेको छ।
अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ। घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।