२०७८ भाद्र १६ गते बुधवार
२०७८ भाद्र १६ गते बुधवार

हिरा डाँगी हत्या आरोपमा तीनजना पक्राउ

तुलसीपुर,
४ चैत ।
तुलसीपुर उपमहानगरपालिका ६ का हिरा डाँगीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुख्य आरोपित तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २३ वर्षीय अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रडम्मर पालले जानकारी दिनुभयो ।

उनीहरुलाई तुलसीपुर उपमनपा–११ वेलटाकुराबाट साँझ पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न २४ वर्षीय कस्मिर टण्डन भने फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । आईतबार राति १ वजेतिर डाँगीमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर चोट लागेका डाँगीको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डाँगी सल्यान त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हुन ।