२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

चलचित्र पत्रकार संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं,
४ चैत्र ।
चलचित्र पत्रकार संघको अध्यक्ष पदमा दिनेश सिटौला चुनिएका छन् । सिटौलाको समर्थनमा ७० मत खसेको थियो भने अध्यक्ष पदमा नै उम्मेदवारी दिएका डब्बु क्षेत्रीको समर्थनमा ३९, अनिल यादबको १४ र गिता अधिकारीको १४ मत खसेको थियो ।

सोमबार काठमाडौँमा सम्पन्न आठौं अधिवेशनमा उपाध्यक्ष पदमा जीवन पराजुली एक बढी मतले जितेका छन् । उनीसंगै उम्मेदवारी दिएका कुबेर गिरीले ७३ मत ल्याएका थिए भने जीवनले ७४ मत ल्याएका थिए । महासचिवमा चुनिएका समिर बलामीको नाममा ८८ र उनको प्रतिस्पर्धी बैकुण्ठ पराजुलीले ५० मत मात्र ल्याएका छन । सचिवमा चुनिएका रघुनाथ सापकोटाले १०५ र उनको प्रतिस्पर्धी आकाश खड्काको ३१ मत मात्र ल्याएका थिए ।

त्यसैगरी कोषाध्यक्षमा प्रदीप कार्की (निर्बिरोध) र सह–कोषाध्यक्षमा विनोद पोख्रेल चुनिएका छन् । भने, सदस्यहरुमा नविन गिरी,मनिष अन्जान, गोपीकृष्ण चापागाईं, आशिष ओली, मिलन ढुंगाना, सृष्टि पोखरेल र सुरक्षा भट्टराई (महिला) निर्बिरोध मतका साथ चुनिएका छन् ।