२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

सुनौली नाकामा दुवै मुलुकद्धारा स्वास्थ्य जाँच कडा

भैरहवा,
३ चैत ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सुनौली नाकामा दुवै मुलुकले स्वास्थ्य जाँच कडा तुल्याएका छन् । आउजाउ खुला राख्ने निर्णय गरिएका चारमध्ये सुनौली नाका एक हो ।

दशगजामा भारतीय पक्षले आइतबारबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको ठूलो समूह परिचालन गरेको छ । यहाँबाट भारत जाने पैदलयात्रुलाई स्वास्थ्य डेस्कमा परीक्षणबिना प्रवेशमा रोक लगाइएको छ । पैदलयात्रुलाई भारतीय सुरक्षाकर्मीले प्रारम्भिक स्वास्थ्य जाँचका लागि शिविरमा पठाउने गरेका छन् ।

नेपालतर्फ सोमबारदेखि भारतबाट आउने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । यसका लागि दशगजामा माटो सम्याएर र टेन्ट टाँगेर स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको छ ।