तिर्थराज ज्ञवाली,
मसुरीया ४ चैत । राप्ती गाँउपालिकामा परियोजना सल्लाहकार समितिको बैठकले न्याय र सुरक्षाको लागि पाँच विषयमा निर्णय गरेको छ ।
राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक जगदम्वा चौधरीको अध्यक्षतामा भएको बैठकले सामुदायिक अंक पत्रको प्रतिबेदन माथि छलफल गर्दै कार्यान्वयनका लागि स्वीकृत गरेको छ । गत तिन महिना भित्र गरिएका कृयाकलापको वारेमा छलफल गर्दै बैठकले न्याय र सुरक्षाका लागि थप कार्य गर्दै जाने समेत निर्णय गरेको छ ।
मधेश मानव अधिकार गृह माहुरी होम तथा डियफआईडिको सहयोग, ईन्टरनेशनल अलर्टको साझेदारीमा सञ्चालीत सहज परियोजना अन्तरगतको क्रियाकलापलाई राप्ती क्षेत्रमा सहज र सरल तवरले सञ्चालन गर्न सहयोग पुराउने गरि राप्ती गाँउपालिकामा परियोजना सल्लाहकार समितिले समुदायिक अंकपत्रको दोस्रो चरणको कार्ययोजना माथि छलफल गर्दै स्वीकृत समेत गरेको छ । आगामी तिन महिनाको कार्ययोजना समेत निर्माण गरि कार्यान्वयनको लागि परियोजनालाई निर्देशन समेत गरेको छ ।
राप्ती गाँउपालिकामा परियोजना सल्लाहकार समितिले आगामी तिन महिनामा प्रहरी संग १ दिने कार्यक्रम सञ्चालन गर्ने, प्रहरी सेवा सम्वन्धि वडा पत्र र हदम्याद लाई समुदायमा टाँस गर्ने, न्याय सेवा प्रदायकको सम्पर्क नं, मोवाईल नं स्टीकर मार्फत यत्रतत्र टास गर्ने, प्रहरी सन्देश मुलक कार्यक्रम भिडीयो मार्फत प्रर्दशन गर्ने, कानुनी सेवा कानुनी प्रक्रियाका वारेमा वडा कार्यलयमा होलीङ बोर्ड स्थापना गर्ने, नियमीत रुपमा निग्रानी समुह मेलमिलाप कर्ता न्यायीक समिति विच बैठक ४ गते बस्ने निर्णय समेत गरेको माहुरी होम सहज परियोजना सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिएकी छिन् ।