२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

दोषीलाई हदैसम्मको कडा कारबाही गर्न माग

तुलसीपुर,
४ चैत ।
तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरका युवा व्यवसायी हिरा डाँगीको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्न माग गरेको छ ।

चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै तुलसीपुरका उर्जावान युवा व्यवसायी डाँगीको हत्या भएको खबरले आफुलाई मर्माहत र स्तब्द बनाएको भन्दै कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । व्यवसायी डाँगीको हत्याले तुलसीपुरको व्यवसायीक क्षेत्रमा ठूलो क्षेति पुगेको भन्दै घर्तीद्धार जारी विज्ञप्तीमा बजार भित्रै भएको विभत्स हत्याले व्यापारी असुरक्षित भएको महसुस भएको उल्लेख गरिएको छ ।