२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुरको राप्ती लाईफमा आइसोलेसन बेड तयार

तुलसीपुर,
४ चैत ।
दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलले कोरोनाको सक्रमण फैलिन नदिन अभियान सञ्चालन गरेको छ । अध्यक्ष हरि रिजालका अनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमन हुन नदिन तथा संक्रमण भित्रिएपछि फैलिन नदिन अस्पतालमा ५ वटा आईसोलेसन बेड तयार गरिएको छ । ‘दाङमा कोरोना भित्रिन नदिन हामीले सचेतना अभियानलाई अघि बढाएका छौं’ उनले भने–‘यदि भित्रिएमा पनि सबैतिर फैलिन नदिन आईसोलेसन बेड तयार बनाएका छौं ।’

हस्पिटलले क्वारेन्टाईनका लागि समेत मोतिपुरमा रहेको भवन प्रयोग गर्ने बताएको छ । यदि दाङमा कोरोना भित्रिएमा थप संक्रमण हुन नदिन मोतिपुर स्थित भवनलाई क्वारेन्टाईनका लागि प्रयोग गर्न सकिने अस्पतालका निर्देशक जीवन भण्डारीले बताए । राप्ती लाईफ केयर हस्पिटल प्रालिद्वारा सञ्चालित एचए तथा नर्सिङ कलेजका विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा समेत तयारी गरिएको उनले बताए । भण्डारीका अनुसार विद्यार्थीहरुलाई चिकित्सकहरुले प्रशिक्षण दिएका छन् । यस बिषयमा सोमबार हस्पिटलमा बैठक समेत भएको थियो ।

अध्यक्ष रिजालको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण रोक्न हस्पिटलले खेल्नुपर्ने भूमिका लगायतका बिषयमा छलफल गरिएको हो । कोरोना संक्रमण भित्रिन नदिन अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ । साथै कोरोना संक्रमणको फोकल पर्सनका रुपमा हस्पिटलका फिजिसियन ज्ञानेन्द्र पाण्डेलाई तोकिएको छ ।