लमही,
४ चैत । लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालय लमहीले कृषकलाई घाँसको बीउ वितरण गरेको छ ।
लमही नगरपालिका अन्तर्गतका पशुपालन कृषक, दुग्ध उत्पादन संस्था, समूह, सहकारी र व्यावसायिलाई पशु कार्यालय लमहीले आज मंगलबार पाँच सय सुडान र पाँच सय मकैचरी जातको घाँसको बीउ पचाँस प्रतिशत अनुदानमा वितरण गरेको लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालय लमहीका प्रमुख शिवराज न्यौपानेले जानकारी दिए ।
लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालय लमहीको वर्षे घाँस वितरण कार्यक्रम अन्र्तगत नगर क्षेत्रका तिनसय जना कृषकलाई घाँसको बीउ पचाँस प्रतिशत अनुदानमा वितरण गरिएको हो ।