तुलसीपुर,
५ चैत । नेपाल विद्यार्थी संघ तुलसीपुर उपमहानगरले स्वर्गिय हिरा डाँगीको सम्झनामा तुलसीपुरमा शोक सभा एबम् दिप प्रजलन कार्यक्रम गरेको छ ।
सोमबार खुकुरी प्रहारबाट निधन भएका डाँगीको सम्झनामा मंगलबार उक्त कार्यक्रम गरिएको हो । नेविसंघ राप्ती बबई क्याम्पसका उपसभापति समेत रहेका डाँगीको निधनप्रति संघले दुख व्यक्त गरेको छ । संघका नगर संयोजक राजिव पाण्डेको अध्यक्षतामा श्रद्धान्जली सभा एबम दिप प्रजलन कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल तरुणदल दाङका अध्यक्ष टिका घर्ती, नेपाली कांग्रेस तुलसीपुर–९ का कार्यबहाक सभापति मुक्तिप्रसाद न्यौपाने, नेपाल विद्यार्थी संघ दाङका कोषाध्यक्ष अरुण लहरे, फुटबल युनिभर्सल क्लवका सुरज वली, परिवारका तर्फबाट दाई भुपेश डाँगी, नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष खेमराज विक लगायतले डाँगीले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
फुटबल खेलाडी समेत रहेका डाँगीलाई गुमाउँदा आफुहरु अत्यन्त दुखि रहेको भन्दै संघले शोक सन्तप्त परिवार जनप्रति समवेदना समेत प्रकट गरेको थियो । शोक सभामा बोल्ने वक्ताहरुले दोषिलाई कारबाही नभए सशक्त आन्दोन गर्ने चेतावनी दिएका छन् । संघले डाँगीको सम्झनामा १३ दिनसम्म तुलसीपुर उपमहानगरपालिका भरी कुनै सार्वजनिक कार्यक्रम नगर्ने शोक सभामा पारित गरेको छ ।
त्यसैगरी १३ दिनसम्म नेविसंघको झण्डा आधा झुकाउने, तुलसीपुर भरी रहेका विभिन्न क्याम्पसहरुमा शोक सभा गर्ने जनाएको छ । कार्यक्रमको सहजीकरण नेविसंघका नेता विदुरराज गौतमले गरेका थिए ।