२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

बैंसा–बाघढोई सडकखण्ड कालोपत्रे काम तिब्र

शान्तिनगर,
५ फागुन ।
शान्तिनगर गाउँपालिका वडा नं ५ ले विकासको कामलाई तिव्र गतिमा अगाडि बढाएको छ । विभिन्न विकासलाई तिव्रता दिएको वडा नं ५ ले बैंसा चौधरीगाउँदेखि बाघढोई सडकखण्ड कालोपत्रे कामलाई तिब्रता दिएको छ ।

४५० मिटर सो सडकखण्ड कालोपत्रेको काम सञ्चालन भईरहेको वडा अध्यक्ष गिरिराज बस्नेतले जानकारी दिनुभयो । वडा अध्यक्ष गिरिराज बस्नेतको पहलमा ५ नं प्रदेश सरकारको ५० लाख आर्थिक सहयोगमा कालो पत्रेको काम अगाडि बढाइएको हो । माघ २८ गते देखि सुरू भएको कालोपत्रेको काम करिब ९० प्रतिशत काम पुरा भएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

चैत्र १५ गते सम्म कालोपत्रेको काम सकिनेछ । वडा अध्यक्ष बस्नेतका अनुसार खानेपानी, स्वास्थ्य, शिक्षा, बिधुत, सञ्चार जस्ता विकासका काम र सिपमुलक तालिम, महिला शसक्तिकरण जस्ता कार्यक्रम ५ नं वडाले सञ्चालन गर्दै आएको छ।