२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

हृदयघातले निधन भएका कार्कीलाई कोरोनाको कारण भनेर झुटो प्रचार

राम प्रसाद सुवेदी,
मलेसिया ५ चैत।
हृदयघातका कारण ज्यान गुमाएका नवीन कार्कीलाई कोरोनो संक्रमित भनेर झुटो प्रचार गरिएको प्रति सुदुरपश्चिमेली नेपाली समाज मलेसिया जोहोरले शोक बिज्ञप्ती जारी गर्दै खेद प्रकट गरेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष समेत रहेका कार्किको नाम जोडेर केहि अनलाइन मिडियाहरुले कोरोनाका कारण दक्षिण कोरियामा मृत्यु भएको भनी भ्रामक समाचार सम्प्रेषण गररु सामाजिक सञ्जालमा भाइरल गराइएको प्रती सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरले खेद प्रकट गरेको हो । यर्थाथ नबुझी यस्ता समाचार सम्प्रेषण नगर्न सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरका अध्यक्ष राज बहादुर साउदले अनुरोध गरेका छन्।

कार्कीको कोरोना भाइरस नभइ हृदय घातका कारण निधन भएकोले समस्त नेपालीहरुलाई भ्रममा नपर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय सुदुर पश्चिमेली नेपाली समाजसँगै सुदुरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरले पनि कार्कीको निधन प्रति शोक विज्ञप्ती जारी गरेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष नबिन कार्कीको बाँकेको कोहलपुर मेडिकल कलेजमा हृदय घातका कारण उपचार क्रममा निधन भएको थियो। कैलाली लम्की नगरपालिका ६ स्थायी ठेगाना भएका कार्की १८ महिना अघि स्वदेश फर्कीएका थिए भने केही दिन अघि निधन भएको सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति जोहोरका अध्यक्ष राजबहादुर साउदले जानकारी दिए। उनले रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहँदा त्यहाँ रहेका सुदुरपश्चिमबासिलाई समस्या पर्दा सक्रिय भएर उद्वार गर्दै आएका थिए ।

नबिन कार्कीको शुक्रबार छातीमा समस्या भए पछि उपचारको लागि बाँकेको कोहलपुर लगिएको थियो। कार्कीलाई आईसियुमा राखेर उपचार सुरु भएको लगभग दुई घण्टामा निधन भएको बताइएको छ । कार्कीको परिवारमा १० दिने छोरी, दुई छोरा र श्रीमती रहेका छन् ।