२०८२ जेष्ठ ३१ गते शनिवार
२०८२ जेष्ठ ३१ गते शनिवार

दंगिशरणमा पौने २ करोडमा स्वास्थ्य चौकी भवन निर्माण

दंगिशरण,
५ चैत ।
दाङ जिल्लाको बिकट मानिने दंगिशरण गाउँपालिका वडा नं. २ गोल्टाकुरीमा करिब पौने २ करोडको लगानीमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ ।

हालसालै निर्माण पूरा भई स्थानीयलाई स्वास्थ्य सेवा समेत दिन सुरू गरेको स्वास्थ्य चौकी भौतिक पूर्वाधारका दृष्टिकोणले यस क्षेत्रकै नमूना मानिएको छ। गोलटाकुरीमा निर्मित सुविधा सम्पन्न र आकर्षक स्वास्थ्य चौकी झन्डै १ करोड ८० लाखको लागतमा निर्माण पूरा भएको हो। तीन महिना अगाडिदेखि नयाँ भवनबाट स्वास्थ्य सेवा दिन पनि सुरू भएको छ।

स्वास्थ्य चौकीसँग वडा कार्यालयले खरिद गरेको आफ्नै एम्बुलेन्स छ। उक्त एम्बुलेन्स गाउँपालिकाभरिका सुत्केरी हुने महिलालाई निस्शुल्क स्वास्थ्य चौकीसम्म ल्याउन र घरसम्म पुर्याउने काममा प्रयोग हुँदै आएको खबर सेतोपाटीमा प्रकाशित भएको छ ।