२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

तुलसीपुर खानेपानीको निर्वाचन चैत्र २२ मा हुने

तुलसीपुर,
५ चैत ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन यहिँ चैत्र २२ गते हुने भएको छ । संस्थाका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा आज बसेको सर्वदलिय सर्बपक्षिय बैठकले चैत्र ८ गते साधारण सभा र २२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

२२ गते हुने निर्वाचनले तुलसीपुर खानेपानीका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सर्बदलिय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेसका लेवेन्द्र धिताल, राप्रपाका टोपबहादुर शाह, राष्ट्रिय समाज वादी पार्टीका जिवन भण्डारी, राष्ट्रिय जनमोर्चाका भरत भण्डारी लगाएतको सहभागिता रहेको सचिव मनोज लामीछानेले जानकारी दिएका छन् ।