२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

पानिमा डुबेर तुलसीपुरमा एक बालिकाको मृत्यु

तुलसीपुर,
५ चैत ।
दाङमा एक बालिकाको पानिमा डुवेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पत्खौली बस्ने शंकर चौधरीकी ६ बर्षिया छोरी समिक्षा चौधरीको पानिमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।

आज बुधवार दिउँसो २ बजे चाउचाउ विस्कुट किन्न पसल जाने क्रममा तुलसीपुर १५ कन्जवारमा रहेको जग्गा सिंचाई गर्न बनाईएको तलाउमा खस्दा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रडम्मर पालले जानकारी दिएका छन् ।