२०७७ फाल्गुन १७ गते सोमवार
२०७७ फाल्गुन १७ गते सोमवार

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा ५ सय धरौटीमा रिहा

काठमाडौं,
५ चैत्र ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा धरौटीमा छुटेका छन् । तिरुवा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयासमा पक्राउ परेका थिए ।

उनलाई आजमात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले ५ सय धरौटीमा रिहाई गरिएको हो । गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो । भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए ।

उनलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका थिए ।