२०७८ माघ ४ गते मङ्गलवार
२०७८ माघ ४ गते मङ्गलवार

राप्तीमा कोरोनाबाट नागरिकलाई सचेत गराउन काँग्रेसको आग्रह

तिर्थराज ज्ञवाली,
मसुरीया ५ चैत्र ।
राप्ती गाउँपालिकाले पार्टिको तर्फवाट स्थानिय सरकारलाई कोरोना भाईरस बाट नागरिकलाई सजग गर्दै सुरक्षाको प्रत्याभुति गराउन नेपाली काँग्रेसले सचेतना पत्र बुझाएको छ ।

नेपाली काँग्रेस राप्ती गाउँपालिकाका सभापति दुर्योधन पाण्डेको नेतृत्वमा आएको टोलीले राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाललाई सचेतना पत्रका साथ कोरोना भाईरसबाट बच्न सरसफाईका लागि मास्क तथा सरसफाईमा प्रयोगहुने साबुन समेत उपलब्ध गराएको छ ।

सचेतना पत्रमा विश्व ब्यापी समस्याको रुपमा रहेको कोभिड १९ बाट बच्न र बचाउन सबै लाग्नुपर्ने, सबैलाई सचेत बनाउनु पर्ने र विपदको अवस्थामा सबै राजनितिक दल, नागरिक समाज, तिनै तहका सरकार, आम नागरिक मिलेर अघि बढ्नु पर्ने उल्लेख गरिएको छ । साथै पत्रमा राप्ती गाउँपालिकाले कोरोनाबाट नागरिकलाई बचाउन अपनाईएका सजकता तथा तयारीमा पार्टिको तर्फवाट समेत साथ र सहयोग रहने उल्लेख गरिएको छ ।


नेपाली काँग्रेस पार्टिको सचेतना पत्र, मास्क र साबुन बुझ्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले आउन सक्ने कोरोनाको समस्या बाट सबै एकजुट भई सजगता अपनाउँदै संयम्ताका साथ स्वास्थ्यको ख्याल गरी शरिरको आन्तरिक शक्तिको विकास गरी सुरक्षित हुन सबैमा आग्रह गर्दै सचेतनाका लागि स्थानिय सरकारलाई झकझकाएकोमा धन्यवाद समेत दिनु भएको छ ।